भुटानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक
baahrakhari.com · Mon May 25 10:25:28 GMT 2026
काठमाडौं । भारतको गोवामा आज (सोमबार)देखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ । सोमबार नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नविन न्यौपानेले टोलीकी गोलकिपर एञ्जिला टुम्बापो सुब्बाको कप्तानीमा आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।
टिममा फरवार्ड अनिता लम्जेलले ‘डेब्यु’ गर्ने भएकी छन् । त्यस्तै, रक्षक हिराकुमारी भुजेलले टोलीमा पुनरागमन गरेकी छन् । र, मिडफिल्डर प्रिती राईलाई मुख्य प्रशिक्षक न्यौपानेले प्रिती राईलाई पहिलो रोजाइमा राखेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)