मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको सचिवालयले अख्तियार प्रमुखलाई बोलाएर थर्काएको भन्दै संसदीय छानबिनको माग

lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयभित्र थुनेर जबर्जस्ती पक्राउ पुर्जी जारी गर्न लगाएको भन्दै सदनमा कुरा उठेको छ ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका नरेन्द्र केरुङले प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै यस सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।

'अख्तियार प्रमुखसहित पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयको कोठाभित्र थुनेर त्यहीँबाट पक्राउ पुर्जी जारी गर्न बाध्य बनाउने, अन्यथा त्यहीँ थुन्ने धम्की दिएको कुरा बाहिर आएको छ,' उनले भने, 'त्यो कुरा के हो ? त्यसको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्छ ।'

उनले प्रधानमन्त्रीले रोस्ट्रममा आएर सत्य–तथ्य जानकारी गराउनुपर्ने माग पनि गरे ।

अख्तियारले बुधबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, प्रवक्ता सोमेश थापा लगायतलाई पक्राउ गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)