अख्तियारका पदाधिकारीलाई ‘प्रधानमन्त्री कार्यालयमा थुन्ने’ धम्की दिएको चर्चाबारे सांसदले मागे जवाफ
baahrakhari.com · Thu Jun 18 05:57:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीलाई थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले उक्त विषयमा प्रधानमन्त्रीको कार्यालयको ध्यानाकर्षण गराए । “अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर, प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने भन्ने कुरा बाहिर आएको छ,” उनले भने, “प्रधानमन्त्री कार्यालयमा नै थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)