हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते
deshsanchar.com · Sun Oct 13 22:44:06 UTC 2024

काठमाडौँ- दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् ।
“हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय बजार) मा लडाकु विमानहरूले बमबारी गर्दा उक्त घटना भएको हो,” स्थानीय स्वयंसेवी दक्षिण खार्तूम आपतकालीन समूहले आइतबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)