मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

rajdhanidaily.com · Mon May 25 10:35:38 GMT 2026

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको ‘बुद्धचित्त’को आम्दानी घट्नेमा निकै चिन्ता परेको छ । घरबारी र तल्लोबारी गरी सात बोटमा बुद्धचित्त लटरम्म फले पनि गत वैशाखको असिना–पानीबाट चिचिलामै दाग लागेपछि छिप्पिँदासम्म गुणस्तर खस्कनेमा उनी चिन्तित छन् ।

गत साल सोही बोटबाट करिब तीन लाख आम्दानी गरेकामा यसपालि दाना पोहरभन्दा बढी नै फले पनि व्यापारीले त्यति नै मूल्य नदिने उनी बताउँछन् । उनी भन्छन्, “यसपालि असिना–पानी’ ले बुद्धचित्त रूखमा क्षति पु¥यायो, दानामा दाग लगेका छन्, राम्रै हुँदैन भनेकाले यसपालि आम्दानी घट्ला !” सात वर्षअघि राउतले रोपेका ती बुद्धचित्तका बोटले तीन वर्षदेखि उत्पादन दिन थालेका हुन् । “बर्सेनि उत्पादन भने बढ्दै गएको छ”, राउतले भने, “जेठ अन्तिमतिर दाना छिप्पिने भएकाले गाउँमा व्यापारी डुल्न थालिसकेका छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)