मन्त्रीपरिषद् बैठक सुरु,धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना
barnanmedia.com · Mon May 25 10:27:08 GMT 2026

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड ९सेबोन० को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४७ आवेदकमध्येबाट डा। नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा। गोपाल प्रसाद भट्टलाई संक्षिप्त सूचीमा राख्दै अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण गरिसकेको छ । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)