भासिँदै मेची राजमार्गः राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका
nepalviews.com · Mon May 25 10:38:02 GMT 2026

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली–गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला संकटमा परेको छ। करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन, स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ । वर्षौंदेखि विस्तार हुँदै गएको यो मस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा सरोकारवाला र स्थानीयमा चिन्ता थप गहिरिएको छ ।
स्थानीय बासिन्दाका अनुसार यो क्षेत्रमा सडक धसिने समस्या २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो । सुरुका वर्षहरूमा सामान्य चिरा र हल्का खाल्डो मात्र देखिएको सडक अहिले भने ठाउँ–ठाउँमा गहिरो गरी भासिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)