के हो कलेजोमा बोसो जम्ने समस्या ?
barnanmedia.com · Sun Oct 13 23:13:15 UTC 2024

कलेजोमा बोसो जम्ने अवस्थालाई फ्याटी लिभिर भनिन्छ। पछिल्लो समय फ्याटी लिभर वा कलेजोमा बोसो जम्ने समस्या बढेको छ। यो समस्यालाई बेवास्था गर्नेको संख्या पनि बढी छ। जसले गर्दा कलेजोको क्यान्सरका बिरामी बढेका छन्।
फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्ने समस्या हो। अस्वस्थ खानपान, ब्यस्त जीवन शैली र मोटोपनका कारण यो समस्या दिनानुदिन बढीरहेको छ। एउटा साधारण मानिसमा उसको कलेजोको साइज अनुसार लगभग ५ प्रतिशत भन्दा कम बोसो जमेको छ भने यसलाई सामान्य रुपमा लिइन्छ। तर सो भन्दा बढी बोसो भएको अबस्थालाई फ्याटी लिभर भएको भनिन्छ। यो रोग तत्काल ज्यानै लिने जटील प्रकृतिको भने हैन् तर बेवास्ता गर्दा यसले कलेजो ड्यामेज गराउने, कलेजोको क्यान्सर गराउने समेत गम्भीर अवस्था सृजना गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)