‘चुनाव गराउने सरकारले आफ्नो वैधतालाई परीक्षण गर्न सक्या छैन’
ekantipur.com · Tue Nov 25 17:50:55 GMT 2025

काठमाडौँ — एमालेले मंगलबार एकै दिन एकातिर प्रतिनिधिसभा चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको छ भने अर्कातिर विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्चमा रिट दायर गरेको छ । २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा भाग लिन आयोगमा दर्ता हुने एमाले ६६ औं दल हो । दल दर्ताको अवधि सकिनु एक दिनअघि मंगलबारसम्म ८० वटा दल दर्ता भइसकेका छन् । विघटित प्रतिनिधिसभाका १४ वटा दल नै निर्वाचनका लागि दर्ता भएका छन् ।
सरकारले दलहरूसँग राजनीतिक प्रतिशोध लिन खोजेको र निर्वाचनको वातावरण बनाउने बाटोमा अघि नबढेकाले तोकिएको मितिमा निर्वाचन हुन नसक्ने भन्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग लाई एमालेले पहिलो प्राथमिकतामा राखेको छ । अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत एमाले नेताहरूले एमाले चुनावबाट भाग्ने दल नभएको तर निर्वाचन हुन नसक्ने स्थिति देखिएकाले प्रतिनिधिसभा पुनःस्थापना नै एक मात्र विकल्प भएको बताउँदै आएका छन् । यसै सन्दर्भमा एमाले महासचिव शंकर पोखरेल सँग कान्तिपुरकर्मी गंगा बीसी ले गरेको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)