मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

ratopati.com · Mon May 25 10:48:43 GMT 2026

सङ्खुवासभा । सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिइन् ।

आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना भएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया मार्फत नवजात शिशु निकालिएको थियो । यसक्रममा उनको अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय