सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण
barnanmedia.com · Mon May 25 10:42:01 GMT 2026

मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–का १२५ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले स्वास्थ्य चौकी ढोडनामा आज एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गर्नुभएको हो ।
नगरपालिकाले विगत चार वर्षदेखि प्रत्येक महिनामा फरक–फरक वडामा पुगेर यस्ता पोषण प्याकेज वितरण गर्दै आएको छ । पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्न सामग्रीका साथै वर्षायाममा लामखुट्टेको प्रकोप बढी हुने भएकाले डेङ्गीलगायत रोगबाट बच्न झुल समेत प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)