इन्धनको मूल्य घटाउन सांसद ताहिर अली भाटको माग
baahrakhari.com · Thu Jun 18 06:18:08 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीबार (असार ४) प्रतिनिधिसभा बैठकमा उनले राष्ट्रभन्दा माथि कोही हुन नसक्ने भन्दै प्रधानमन्त्रीद्वारा व्यक्त केही अंश हटाउन सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
विशेष समय लिएर बोल्दै सांसद भाटले संसद् सुचारु गर्न प्रतिपक्ष सधैँ लचिलो देखिए पनि सत्तापक्षले प्रतिपक्षका जायज माग र आवाजलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए । प्रधानमन्त्रीले सदनमा उपस्थित भएर यथार्थ जानकारीसहित देशका नाममा सम्बोधन गरेमा उनको सम्मान र गरिमा झन् बढ्ने धारणा भाटले व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)