उच्च रक्तचापबाट प्रभावित महिला एक प्रतिशत बढे
nayapatrikadaily.com · Fri Jul 07 00:12:00 GMT 2023
बढ्दो उमेरसँगै उच्च रक्तचापको जोखिम बढिरहेको अध्ययनले देखाएको छ । १५ वर्षको उमेरमा उच्च रक्तचापको जोखिम दुई प्रतिशत हुँदा ७० वर्ष उमेरमा पुग्दा जोखिम ४५ देखि ५२ प्रतिशतसम्म पुग्ने गरेको पाइएको हो ।
नेपाल डेमोग्राफिक हेल्थ सर्भे, २०२२ को तथ्यांकअनुसार महिलाको तुलनामा पुरुषमा जोखिम झन् बढी पाइएको छ । हाल १५ देखि ५९ वर्ष उमेर समूहमा कुल जनसंख्याको १८ प्रतिशत महिला र २३ प्रतिशत पुरुष उच्च रक्तचापबाट प्रभावित भइरहेका छन् । यस्तै, ६० वर्षभन्दा माथि उमेर समूहमा ४६ प्रतिशत महिला र ४२ प्रतिशत पुरुष उच्च रक्तचापबाट प्रभावित भइरहेका छन् । उच्च रक्तचापबाट प्रभावित हुने महिलाको संख्या भने २०१६ को तुलनामा २०२२ मा आइपुग्दा एक प्रतिशतले बढेर १८ पुगेको सर्वेक्षणले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)