फिनल्यान्डमा गुगलले किन्यो २२ वर्षका लागि आणविक बिजुली, लगानी १३ अर्ब युरो
ictsamachar.com

काठमाडौं । गुगलले फिनल्यान्डको एउटा आणविक ऊर्जा केन्द्रबाट उत्पादित विद्युत्को आधासम्म खरिद गर्ने भएको छ । अमेरिकी प्रविधि कम्पनी गुगलले फिनल्यान्डमा एआई पूर्वाधार विस्तारका लागि कीर्तिमानी १३ अर्ब युरो (करिब १५ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गर्दै यस्तो सम्झौता गरेको हो ।
गुगलका अनुसार यो युरोपमा कम्पनीले एकैपटक गर्न लागेको अहिलेसम्मकै ठूलो लगानी हो । उक्त लगानीबाट फिनल्यान्डमा तीनवटा नयाँ डेटा सेन्टर निर्माण गरिनेछ भने यसअघि सञ्चालनमा रहेको एउटा डेटा सेन्टरको पनि विस्तार गरिनेछ । साथै, एआई सेवाका लागि बढ्दो विद्युत् माग पूरा गर्न आवश्यक ऊर्जा परियोजनामा समेत लगानी गरिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)