भोटेकोशी बाढीपीडित ७२ परिवारलाई इनास यूकेको राहत
gorkhapatraonline.com · Thu Sep 10 05:32:13 GMT 2026

रसुवा, भदौ २५ गते। नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–१ राम्चेका ७२ परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।
फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले फाउन्डेसन र इनास यूकेबाट जुटाइएको राहत सामग्री कालिका गाउँपालिका–१ का वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गर्नुभयो । राहत सामग्री पीडित परिवारका आफन्तमार्फत वितरण गरिने जनाकारी दिनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)