मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेन जी शहीद नै चिन्न नसकेको सरकार र परिवारमा परेको चोट

nepalviews.com · Thu Sep 10 05:31:10 GMT 2026

जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका जेन जी पुस्ताका युवा वा आन्दोलनकारीको सम्झनामा बनाइएको शालिकले उनीहरूका अभिभावकमा एउटा आशा जगाएको थियो । सायद शालिकमा आफ्ना सन्तानको अनुहार देख्न पाइएला, सायद उनीहरूको सम्झना केही हदसम्म आँखैअगाडि जीवित रहला । तर त्यही शालिक हेरेपछि अभिभावकको बाँकी रहेको आशा पनि निराशामा परिणत भएको छ । शालिक मृतक जेन जीको प्रतिविम्ब बन्नुपर्ने थियो, उनीहरूको पहिचान र स्मृतिको प्रतीक बन्नुपर्ने थियो । तर शालिकमै अनुहार नमिलेपछि पीडित परिवारका लागि यो एउटा मूर्ति रहेन, फेरि एकपटक आफ्ना सन्तान गुमाएको पीडा सम्झाउने माध्यम बनेको छ ।

शालिक अनावरणका लागि सांसद, मृतकका अभिभावक तथा अन्य सरोकारवाला पुगेका थिए । तर शालिकमा जेन जीका मृतक आन्दोलनकारी एवम् जेन जीका अनुहार नै नमिलेको देखिएपछि अनावरणसमेत रोक्नुपर्ने अवस्था आयो । यो सामान्य प्राविधिक त्रुटि मात्र होइन, मृतक परिवारको भावनासँग जोडिएको गम्भिर विषय हो । जसको सम्झनामा शालिक बनाइँदै थियो, उनीहरूकै अनुहार पहिचान गर्न नसकिने अवस्थामा शालिक निर्माणको प्रक्रिया कसरी अघि बढ्यो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । निर्माणका क्रममा कसले डिजाइन हेर्‍यो, कसले अनुगमन गर्‍यो र अन्तिम स्वीकृति कसले दियो भन्ने विषयमा अब गम्भिर छानबिन आवश्यक देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)