प्राकृतिक सौन्दर्यले भरिपूर्ण चाङ्गाखर्क
gorkhapatraonline.com · Tue Nov 25 17:52:00 GMT 2025

म्याग्दीको मंगला गाउँपालिका –५ स्थित चाङ्गाखर्क प्राकृतिक रुपमा मनोरम छ । चाङ्गाखर्कबाट लहरै हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने सुन्दर पर्यटकीयस्थल भए पनि प्रचारप्रसार र पर्यटकीय पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
दुई हजार दुईसय ५० मिटरको उचाइमा रहेको चाङ्गाखर्कबाट एक दर्जनभन्दा बढी हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । यहाँदेखि सूर्योदय र सूर्यास्तको सुन्दर दृश्य देख्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)