सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार : राहदानी र लाइसेन्स घरमा पुर्याउँदै हुलाक सेवा
gorkhapatraonline.com · Mon May 25 10:52:36 GMT 2026

सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ। राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था विस्तार गर्दै सरकारले परम्परागत सेवा प्रणालीलाई प्रविधिमैत्री र सहज बनाउँदै लगेको हो।
हुलाक सेवा विभागका अनुसार हालसम्म यो सेवा देशका ६० जिल्लामा विस्तार भइसकेको छ। विभागले सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा नागरिकको प्रत्यक्ष पहुँच बढाउने तथा अनावश्यक झन्झट कम गर्ने उद्देश्यले सेवा प्रणालीलाई क्रमशः डिजिटल माध्यमसँग जोड्दै लगेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)