पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
nepalnews.com · Sat Jun 27 01:32:32 GMT 2026

कास्की। अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्य सहित चक्रीय पदमार्ग निर्माण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुनहिल पदयात्राको प्रवेशद्वारका रूपमा परिचित छ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र गुरुङ समुदायको मौलिक संस्कृति एकै ठाउँबाट अनुभव गर्न सकिने गरी निर्माण गरिएको पाँच किमी ५०० मिटर लामो पदमार्गले घान्द्रुकलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)