स्पेनी ला लिगा : ग्रेनेडासँग बार्सिलोनाको बराबरी
ekantipur.com · Mon Feb 12 00:56:56 GMT 2024
काठमाडौँ — किशोर विन्गर लामिन यामलको दुई गोलको मद्दतले बार्सिलोनाले छ गोलको रोमाञ्चक खेलमा स्पेनी ला लिगामा ग्रेनेडासँग ३–३ को बराबरी खेलेको छ । बार्सिलोना खेलमा पछाडि रहेर पनि यो बराबरी निकाल्न सफल रहेको हो ।
यो नतिजापछि बार्सिलोना ५१ अंकमा तेस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको रियल म्याड्रिडसँग १० अंकको दूरी हो । चौथो स्थानमा रहेको एटलेटिको म्याड्रिड भने अर्को खेलमा सेभियासँग १–० ले पराजित रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)