मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

canadanepal.com · Thu Jun 18 06:21:05 GMT 2026

सिद्धार्थनगर (भैरहवा) - रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार त्यस महिनामा हराएकामध्ये ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)