सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार
barnanmedia.com · Mon May 25 10:56:51 GMT 2026

सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिनुभयो ।
आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना हुनु भएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रिया मार्फत नवजात शिशु निकालिएको थियो । यसक्रममा उहाँको अत्यधिक रक्तश्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ