मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आइपीएल–२०२३ः सुदर्शन–मिलरको उत्कृष्ट ब्याटिङमा दिल्लीको हार, जीतपछि गुजरात शीर्ष स्थानमा

kalakarmi.com · Tue Apr 04 23:48:00 GMT 2023

नयाँ दिल्ली– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो पराजय व्यहोर्नु परेको छ । डेविड वार्नरको कप्तानी रहेको दिल्लीको टीले मंगलबार आफ्नो होम ग्राउण्डमा खेलेको खेलमा पराजय व्यहोरेको हो । यो खेलमा गुजरात टाइटन्स छ विकेटले विजयी भयो ।

यो प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो, जसमा १६३ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स एक समय १०७ रनमै चार विकेट गुमाएर संकटमा परेको थियो । उक्त समय गुजरातको टीमलाई जीतका लागि ४० बलमा ४६ रनको आवश्यकता थियो । त्यतिबेला क्रिजमा २१ वर्षीय साई सुदर्शन तथा डेविड मिलर खेलिरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)