कृषकलाई ‘चापकटर र काउम्याट’ प्रदान
nagariknews.nagariknetwork.com · Thu Jun 18 06:22:34 GMT 2026

बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ।
नगरपालिकाको ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत ३० कृषकलाई घाँस काट्ने चापकटर र ६५ कृषकलाई काउम्याट वितरण गरिएको छ। नगरप्रमुख पवित्रा महतारा र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले संयुक्त रूपमा कृषकलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)