‘सफा हिमाल अभियान’मा नेपाल लाइफको सहयोग
abhiyandaily.com
काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सफा हिमाल अभियान’लाई सहयोग गर्ने भएको छ । हिमालको सरसफाइ गर्ने उद्देश्यले नेपाली सेनाले शुरू गरेको उक्त अभियानमा कम्पनीले सहयोग गर्ने भएको हो । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियानलाई सहयोग गर्ने सम्बन्धमा नेपाली सेनासँग बिहीवार सम्झौता गरिएको जानकारी दिएको छ । नेपालमा पर्वतारोहणका लागि खुला गरिएका सगरमाथा लगायतका क्षेत्रमा हुने फोहोर सरसफाइ गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान’ शुरू गरिएको नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले बताए ।
अभियानमा सरकार, गैर–सरकारी संघ/संस्था, पब्लिक कम्पनी तथा निजीक्षेत्रको सहयोग पाउनु खुशीको विषय भएको उनले बताए । नेपाल लाइफले सामाजिक उत्तरदायित्वको रूपमा सो अभियान छनोट गर्नु सराहनीय रहेको उनको भनाइ छ । नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरीले ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गर्दा कम्पनीले पनि गौरव महसूस गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)