अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादन निर्यात गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
news24nepal.tv · Sat Jan 07 00:56:52 GMT 2023
काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशको अर्थतन्त्र बलियो बनाउन नेपाली उत्पादनलाई वृद्धि गर्ने र विश्व बजारको मागअनुसार निर्यात गर्नुपर्ने बताएका छन् ।
नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारणसभा तथा सातौँ निर्यात दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले देशको व्यापार घाटा कम गर्न स्वदेशी वस्तु उत्पादनमा वृद्धि गर्ने र नेपाली सामान निर्यात गर्नुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)