अत्यधिक गर्मी बढेपछि विद्यालयहरु बन्द
kendrabindu.com · Mon May 25 11:10:29 GMT 2026

महेन्द्रनगर । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् ।
आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न सक्ने र विद्यालय सञ्चालनमा समेत कठिनाइ उत्पन्न हुनसक्ने परिस्थितिलाई दृष्टिगत गरी दुई दिन बिदा दिने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)