दमक नगरपालिकाले भन्यो – सरकारी जग्गा खाली गराउने हल्ला भ्रामक हो
ratopati.com · Mon May 25 11:14:33 GMT 2026

विराटनगर । दमक नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने सूचना निकालेको भनी सामाजिक सञ्जालमा फैलिएको समाचारको खण्डन गरेको छ ।
नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यस्ता समाचारलाई तथ्यहीन, भ्रामक र कपोलकल्पित भन्दै नगरवासीलाई भ्रममा नपर्न आग्रह गरेको हो । नगर प्रमुख राम कुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि सामाजिक सञ्जालहरूमा नगरपालिकाले ३५ दिने सूचना निकालेको भनी फैलाइएको अफवाहप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)