सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
nepallive.com · Thu Jun 18 06:38:33 GMT 2026

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले एकजना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित नगर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
संसदमा न्यून विद्यार्थी भएको विद्यालय गाभ्न सुझाव आएको भन्दै मन्त्री पोखरलेले न्यून विद्यार्थी भएकै आधारमा विद्यालयलाई गाभेर एउटा पनि विद्यार्थीकै शैक्षिक अधिकारबाट सरकारले वञ्चित नगर्ने बताएका हुन् । सांसदहरुले भौगोलिक दुरी, विद्यार्थीको संख्याको आधारमा विद्यालय गाभ्ने, तह घटाउने लगायत विषय उठाएका थिए ।
उनले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको भौतिक सर्वेक्षण गरेर, विद्यार्थीको संख्याको आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सोहीको आधारमा बजेटले सम्बोधन गर्ने बताए ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
१२:२३
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
प्रतिनिधि सभा