छुमचौरमा मार्सीधान रोपाइँ
kendrabindu.com · Mon May 25 11:24:12 GMT 2026

जुम्ला । पातारासी गाउँपालिका–३ स्थित छुमचौरमा धान रोपाइँ सुरु भएको छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने परम्परा छ ।
गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि विकास कार्यालयका कर्मचारीलागायत स्थानीयको सक्रियतामा छुमचौरको जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)