उर्जा सुरक्षाको लागि ब्याट्री स्टोरेज प्रविधिको प्रयोगमा जोड
aarthiknews.com

काठमाडाैं । विज्ञहरुले उर्जा सुरक्षाको लागि ब्याट्री स्टोरेज प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिएका छन्। बुधबार एक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले निरन्तर रुपमा गुणस्तरीय उर्जा आपूर्ति सुनिश्चित गर्नको लागि ब्याट्री स्टोरेज प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा घाम पावरका प्रमुख कार्यकारी अधिकृत अन्जल निरौलाले अहिलेको नेपालको उर्जा उत्पादन, वितरण र प्रसारणको अवस्थाबारे प्रकाश पार्दै अहिले पनि वर्षायाममा बिजुली खेर जाने र सुक्खायाममा बिजुली नपुगेर आयात गर्नु पर्ने बिडम्बना प्रस्तुत गरे। भारतबाट आउने बिजुली हरेक वर्ष नवीकरण गर्नु पर्ने व्यवस्था रहेको र कुनै कारणवस त्यस्तो नवीकरण हुन नसके वा भारतबाट बिजुली आउँन नसकेकामा विद्युतको आपूर्तिमा ठूलो समस्या उत्पन्न हुने उनको भनाई थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)
हितेन्द्रदेव शाक्य