मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘न बिर्सें तिमीलाई’ : म्युजिकल फिल्म शैलीमा आयो अन्जु पन्तको लोकप्रिय गजल

ratopati.com · Mon May 25 11:38:38 GMT 2026

काठमाडौँ । करिब दुई दशक अगाडि एउटा गजल-गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ अधिकांश संगीतप्रेमीको मनमा बस्यो । अन्जु पन्त र जगदीश समालले गाएको उक्त गजल विपिन किरणले रचना गरेका थिए भने महेश बस्नेतले संगीत सिर्जना गरेका थिए । गजल श्रोताको मनमा यतिसम्म गढ्यो गायिका अन्जु पन्तको यो ‘सिग्नेचर सङ’ नै बन्न पुग्यो । आज पनि अन्जु पन्तलाई ‘न बिर्सें तिमीलाई’बाटै धेरैले चिन्छन् ।

२०६५ सालतिर यो गजल आएको समयमा सुगम संगीत र पप-संगीतकै वर्चस्व नेपाली संगीतमा थियो । ‘न बिर्सें तिमीलाई’ले गजललाई फेरि मूलधारको संगीतको भँगालोमा ल्याइदिएको थियो । त्यसै समयको पेरिफेरीमा गीतबाट मात्रै नभई गजल समेत गाएर शिव परियार, राज सिग्देशजस्ता गायकहरू स्थापित भए । यो गजलको म्युजिक भिडियोले पनि त्यसबेला निकै प्रशंसा पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)