मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा बैठक : प्रतिपक्षी दलले उठान गरेका विषय पूरा गर्न माग

nagariknews.nagariknetwork.com · Thu Jun 18 06:58:30 GMT 2026

प्रतिनिधि सभाको आजको बैठक सुरुआत हुने बित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्ना आसनबाट उठेर सरकारले आफ्ना माग कार्यान्वयन नगरेकामा विरोध गरेका थिए। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई बोल्नका लागि समय दिएका थिए।

बोल्ने क्रममा नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सम्पत्ति छानबिनसम्बन्धी आयोगको प्रतिवेदन, मानवअधिकारसम्बन्धी प्रतिवेदन कार्यान्वयनलगायत अन्य विषयमा पटक–पटक सदनमार्फत सरकारको ध्यानाकर्षण गराइए पनि कार्यान्वयन नगरेको बताए।

त्यसैगरी नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले गत जेठ १७ गते प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिप्रति असहमति रहेको बताए। सोही पार्टीका सांसद ऐन महरले सदनका गरिमा कायम राख्नु सांसद र सरकार दुवैको साझा दायित्व भएको बताए।

नेपाली कम्युनिष्ट पार्टी सांसद रमेशकुमार मल्लले प्रतिपक्षी दलले संसद् उठाएका प्रश्नको उचित सम्बोधन नभएको भन्दै गुनासो गरे। श्रम संस्कृति पार्टी सांसद हर्कराज राईले भुटानी शरणार्थीका माग र समस्याको उचित सम्बोधन गर्न सरकारसँग आग्रह गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले पेट्रोलियम पदार्थको मूल्य घटाउन र उपभोक्तामाथि थप आर्थिक भार पर्न नदिन सरकारको ध्यानाकर्षण गराए।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय