मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड

ratopati.com · Thu Jun 18 07:16:30 GMT 2026

काठमाडौँ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसद घनश्याम रिजालले दोलखाको खरिढुङ्गास्थित म्याग्नेसाइट उद्योग सञ्चालनलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट तथा कार्यक्रममाथि भएको छलफलमा सांसद रिजालले लामो समयदेखि उद्योग सञ्चालन नहुँदा त्यसले ओगटेको जग्गाको सही सदुपयोग हुन नसकेको बताए। सो स्थानका स्थानीय बासिन्दा अहिले पनि आलु खेतीमा नै निर्भर रहनुपरेको उल्लेख गर्दै उनले उद्योग सञ्चालनको सम्भावनाबारे सरकारलाई प्रश्न गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)