मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जेसीबी लगायत निर्माण उपकरण गरिद गर्दा एभरेष्ट बैंकले ८० प्रतिशत वित्तीय सुविधा दिने

aarthiknews.com

काठमाडाैँ । एमएडब्लु अर्थमुभर्स प्रालि (JCB Division) र एभरेष्ट बैंकबीच JCB का ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमाका तर्फबाट सञ्जय देव यादव तथा बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका थिए ।

सहकार्य अन्तर्गत JCB लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाअनुसार ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)