चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न नारायणकाजीको अनुरोध
himalpress.com · Thu Jun 18 07:19:20 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले अवलम्बन गरेको नीतिका कारण नेपालको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै त्यसको समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले भारतको नीतिका कारण नेपाली चिया उद्योगहरू बन्द हुने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्। उनले यस संकटले नेपालको अर्थतन्त्र, रोजगारी तथा निर्यात व्यापारमा ठूलो नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
नारायणकाजी श्रेष्ठ