मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यो मनसुनमा दुई लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन

annapurnapost.com · Thu Jun 18 07:19:31 GMT 2026

काठमाडौं : सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भइसकेको र जोखिमयुक्त स्थानमा सुरक्षा निकायहरु खटाइसकेको जानकारी दिए ।

त्यस्तै सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै बढि प्रभावकारी रुपमा विपद् व्यवस्थापनका खटिन निर्देशन दिइसकेको उनले बताए । उनले जनताको सुरक्षाको लागि चाहि आवश्यक परे हेलिकप्टर परिचालन गर्ने समेतको योजना रहेको जानकारी दिए । उनले सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्ने गरी आवश्यक पूर्वाधारको समेत व्यवस्था भइसकेको उल्लेख गरे ।

मन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल पनि नागरिकको सेवामा खटिन र गलत गर्ने कसैलाई पनि उन्मुक्ति नदिने गरी निर्मम हुन निर्देश गरिएको बताए । त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले मनसुन पूर्व तयारीको बारेमा छलफल भएको जानकारी दिए । उनले यस बर्ष सरदर भन्दा कम बर्षा हुने र बर्षा भए एकै ठाँउमा धेरै बर्षा हुने अनुमान गरिएकाले त्यसै अनुसार तयारी भएको बताए ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि तयारी अवस्थामा जुट्न गृहमन्त्रीले निर्देशन दिएको कोइराराले जानकारी दिए । प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय