साँखुमा दुर्घटना, दुईजना मोटरसाइकल चालकको मृत्यु
ratopati.com · Wed Mar 08 22:51:00 GMT 2023
काठमाडौँ । काठमाडौंको साँखुमा दुर्घटना हुँदा दुईजना मोटरसाइकल चालकको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–९ स्थित इन्द्रेणी चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा शंखरापुर नगरपालिका–७ बस्ने ५० वर्षीय पवनलाल श्रेष्ठ र शंखरापुर–९ घर भएका २१ वर्षीय अनिश खड्का छन् । श्रेष्ठ बा.९४ प ४४९८ नम्बरको मोटरसाइकलमा थलीबाट साँखुतर्फ जाँदै थिए । अनिश खड्का बा.८२ प ८३५७ नम्बरको मोटरसाइकलमा थलीतर्फ आउँदै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)