१६८ छोरीलाई मुद्दती खाता उपहार
barnanmedia.com · Tue Jul 15 21:46:50 GMT 2025

बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्र्तगत दुई वर्षमा १६८ जना छोरीको मुद्दती खाता खोल्न सफल भएको छ । बागलुङ नगरपालिकाले रु पाँच हजारसहितको मुद्दती खाता छोरीलाई उपहार स्वरुप प्रदान गरिएको जनाएको छ ।
नगरपालिकाले २०८० साउनदेखि नगरपालिकाभित्र जन्मेका सबै छोरीलाई २० वर्षे मुद्दती खाता खोलेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले दुई वर्षमा नगरभित्र जन्मेका १६८ छोरीको खातामा रु पाँच हजारका दरले रु आठ लाख ४० हजार जम्मा गरिसकेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)