मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशसँग पिरती लगाउँदा सांसद, मन्त्री भएँ- महावीर पुन

setopati.com · Thu Jun 18 07:34:40 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशसँग पिरती लगाउँदा आफू मन्त्री बन्न पुगेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा उनले उक्त टिप्पणी गरेका हुन्।

सुरूमा गाउँसँग पिरती थियो। त्यो जिल्ला हुँदै देशसँग परिणत भएर आफू सांसद, मन्त्री भएको मन्त्री पुनको भनाइ थियो।

उनले आफू मन्त्री भएपछि जोगी भएको अनुभूति भएको पनि संसदमा सुनाए।

उनले भने, ‘एउटा गीत छ–मत यस्तो होइन दाइ, पिरतीले जोगी बनायो। यो पहिला पहिलातिरको समयमा गाइन्थ्यो यो गीत। अब म पनि त्यस्तो संसद हुने, मन्त्री हुने मान्छे त होइन, तर पिरतीले मलाई सांसद र मन्त्री बनायो। एउटा लामो कहानी छ। पिरती मेरो कसरी कोसँग बसेर म जोगी भए? भन्ने कुरा आयो क्या। र, मन्त्री भए भन्ने कुरा आयो। मेरो पिरती खासमा देशसँग बसेको हो। तर सुरूमा एकैचोटि देशसँग बसेको होइन। त्यो चाहिँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे त्यहाँ गाउँसँग पिरती बस्यो। गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो। त्यसैले अहिले जोगी भएँ। पक्का जोगी हो म चाहिँ। व्यावहारिक रूपमा पनि म जोगी नै हो।’

मन्त्री पुनले पिरतीले जोगी बनाएको गीतको स्मरण गराउँदै उनले आफू व्यावहारिक रूपमा सोही गीतले भनेझै जोगी भएको बताए। –न्युज एजेन्सी नेपाल

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय