एभरेष्ट कलरको आईपीओ बाँडफाँट, ६५५७० आवेदकले पाए १० कित्ता शेयर
barnanmedia.com · Thu Jun 18 07:25:59 GMT 2026

एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । यस बराबरको कुल निष्काशन रकम ६ करोड ५५ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)