फिर्के खोलामा पूर्वमाओवादी नेताको ५ तले घर, भन्छन्- जुवा खेलेको थिएँ, हारेँ
onlinekhabar.com · Mon May 25 12:04:17 GMT 2026

११ जेठ, पोखरा । ‘ओहो ! खोलामाथि ५ तले घर ? कसरी बनाउन सकेको होला ?’ पोखरा महानगरपालिकाले सोमबार डोजर हानिरहेको ठाउँमा जम्मा भएका नागरिकहरूले जिब्रो टोक्दै भनिरहेका थिए । हुन पनि पोखराको फिर्के खोलामै पर्ने गरी सिंगो ५ तले घर ठडिएको थियो ।
वडा नम्बर ५ मा पर्स्याङको पछाडिपट्टी लक्ष्मी टोलमा फिर्के खोलामाथि बनेको कोठै–कोठा, झ्यालै–झ्याल देखिएको अलिसान महल कसको होला ? त्यो क्षेत्रका अधिकांशलाई जानकारी भए पनि त्यहाँ पुग्ने अन्य धेरैको चासो थियो । त्यो महल बनाउने व्यक्ति हुन्-ज्ञानबहादुर कोइराला ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
पोखरा महानगरपालिका