कोशी पर्यटन वर्ष : बजेटमा १२ करोड घोषणा, रातो किताबमा शून्य !
lokaantar.com

कोशी प्रदेश सरकारले दुई वर्षलाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरे पनि रातो किताबमा भने सोचेजस्तो बजेट र कार्यक्रम समावेश नभएको पाइएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले ०८३/०८४ लाई पर्यटन वर्ष मनाउने घोषणा गरेको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले बजेट भाषणमा १२ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका थिए । तर, मन्त्रालयको रातो किताबमा भने पर्यटन वर्षलाई लक्षित गरेर छुट्टै बजेट तथा कार्यक्रम आउन नसकेको पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेले बताए । गत वर्षहरूमा भ्रमण वर्षका लागि छुट्टै बजेट आउने गरे पनि यसपटक त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)