यस्तो छ नेपाली चलचित्रको कमाइ
kendrabindu.com · Mon May 25 12:14:46 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्स अफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको यही जेठ ९ गते शनिबारसम्मको व्यावसायिक विवरण आज सार्वजनिक गरेको हो ।
सार्वजनिक तथ्याङ्कअनुसार लक्ष्मण सुनारको निर्देशनमा तयार भएको चलचित्र ‘परालको आगो’ ले रु चार करोड २७ लाख ५३ हजार ६४५ कमाइ गरेको छ । सुशील पोखरेलले निर्माण गरेको उक्त चलचित्रका लागि एक लाख ५३ हजार ९२५ टिकट बिक्री भएका छन् । गत वैशाख ११ गतेदेखि प्रदर्शन भएको उक्त चलचित्रमा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ