नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन गर्न शेरचनलाई जिम्मेवारी
onlinekhabar.com · Thu Jul 09 17:30:36 GMT 2026

२५ असार, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था ‘नेपाल लोकतान्त्रिक खेलकुद संघ’ लाई आगामी असोज मसान्तभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी जिम्मेवारी प्रदान गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनलाई बाँकी रहेका अधिवेशनहरू सम्पन्न गरी केन्द्रीय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)