सक्षम र सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु दायित्व : मुख्यमन्त्री कार्की
barnanmedia.com · Mon Dec 16 22:07:17 GMT 2024

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीलाई गुणस्तरीय साथै व्यावहारिक शिक्षा प्रदान गरी दक्ष, सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व भएको बताएका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको सुकुना माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज मुख्यमन्त्री कार्कीले सार्वजनिक शिक्षाको रुपान्तरण, वातावरणमैत्री शैक्षिक संस्थाको निर्माण, गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार, अनुसन्धान र ज्ञानमा आधारित उच्च शिक्षा दिनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)