साइबर अपराधको कसुरमा प्रहरीले शोभा पाठकलाई पक्राउ
barnanmedia.com · Mon Dec 16 22:10:19 GMT 2024

‘हनी ट्र्यापर’ को आराेप लागेकी धादिङकी शोभा पाठकलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
साइबर अपराधको उजुरीमा उनलाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीविरुद्ध राजकुमार त्रिपाठीले साइबर कसुरमा जाहेरी दिएका थिए । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)