बजेट अभाव हुँदा खानेपानी आयोजना अलपत्र
deshsanchar.com · Mon Dec 16 22:56:02 GMT 2024

कञ्चनपुर- जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा पाँच वर्षदेखि निर्माण सञ्चालन गरिएको खानेपानी आयोजना बजेट अभाव हुँदा सम्पन्न हुन सकेको छैन । खानेपानी आयोजना निर्माण अधुरो हुँदा स्थानीय असुरक्षित हेण्डपम्पको पानी पिउने बाध्य भएका छन् ।
गर्जमुनि खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष दीपेन्द्रकुमार भण्डारीले आयोजना निर्माण गर्न खानेपानी डिभिजन कार्यालय कैलालीबाट चार वर्षअघि रु ३४ लाख ८१ हजार पाँच सय ८० अनुदानबापत रकम प्राप्त भएको जानकारी दिए । उनका अनुसार सो रकमबाट ठेक्का प्रक्रियामार्फत पर्खाल, पालेघर तथा बोरिङ निर्माण गर्न रु २५ लाख रकम खर्च भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)