पर्दापछाडिका महानायकको अवसान !
rajdhanidaily.com · Mon Dec 16 23:14:21 GMT 2024

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात काठमाडौंका पहिलो मेयर एवं पूर्वमन्त्री पीएल सिंहले हिजो १ पुस २०८१ का दिन बिहान सबेरै १ः३० को हाराहारीमा काठमाडौं चाक्सीबारीस्थित निवासबाट अनन्त यात्राका लागि महाप्रस्थान गर्नुभयो । ४ डिसेम्बर १९३६ अर्थात् १९ माघ १९९३ मा काठमाडौंको किसान परिवारमा जन्मनुभएका पीएल सिंहको पूरा नाम प्रेमलाल सिंह हो । तर, उहाँ पीएलकै नामबाट चिनिनुभयो । अधिकांश जनताका लागि उहाँ पीएल दाइ हुनुहुन्थ्यो । स्वर्गीय पीएल सिंहको गणेशमान सिंहसँग कुनै रक्त सम्बन्ध थिएन । तर, उहाँ गणेशमान सिंह परिवारको अभिन्न अंग हुनुहुन्थ्यो । स्वर्गीय गणेशमान सिंह एवं मंगलादेवी सिंहले पीएललाई जेठा छोरा नै मान्नुहुन्थ्यो । नेपाली समाजले उहाँलाई गणेशमान एवं मंगलादेवीका धर्मपुत्रका रूपमै मान्यता दिएको थियो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि हिजो सामाजिक सञ्जालमा उहाँलाई ‘हाम्रो परिवारका ज्येष्ठ सदस्य’ भनेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । पीएल सिंहको लगभग पूरा जीवन नै चाक्सीबारीमै बित्यो र उहाँको निधन पनि त्यही ऐतिहासिक घरमा भयो ।
पीएल सिंह जति चम्किनुपर्ने हो, त्यति नचम्किएका र जति उचाइमा पुग्नुपर्ने हो, त्यति नपुगेका नक्षत्र हुनुहुन्थ्यो । तर, उहाँको राजनीतिक सक्रियता र योगदान अतुलनीय एवं अद्वितीय थियो । व्यक्तिगत महत्वाकांक्षा नभएकै कारणले होला उहाँले व्यक्तित्व प्रदर्शन गर्नुभएन । वास्तवमै उहाँ पर्दापछाडिका महानायक हुनुहुन्थ्यो । पीएल सिंह नभएको भए गणेशमान सिंहको त्यो लौह व्यक्तित्व र उपलब्धि यस उचाइमा पुग्दैनथ्यो कि भनेर सोच्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)