मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई दिनदेखि हराएका तीन बालक जङ्गलमा सकुशल फेला

gorkhapatraonline.com · Thu Jun 18 08:01:06 GMT 2026

जुम्लाको सिँजा गाउँपालिका–२, अवस्थीबाडा निवासी दुई दिनदेखि हराइरहेका तीन जना बालक जङ्गलमा सकुशल फेला परेका छन् । जुम्ला र कालिकोटको सिमानामा पर्ने उच्च स्थानको खेतीखर्क जङ्गलको छेउमा उनीहरू फेला परेको वडाध्यक्ष तीर्थ वडले जानकारी दिनुभयो । व्यापक खोजीकार्यपछि उनीहरूलाई फेला पार्न सफल भएको उनको भनाइ छ ।

इलाका प्रहरी कार्यालय नराकोटका अनुसार ती बालकलाई सकुशल फेला पारी अभिभावकको जिम्मा लगाइएको छ । इलाका प्रहरी कार्यालय नराकोटका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बुढाको नेतृत्वमा खटिएको टोलीले बालकलाई जङ्गलको छेउमा फेला पारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)